दमौली / तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले चुनावी तालमेल गर्ने भएका छन् ।

शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरूबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति जुटेको हो । 

OM Sai Pathibhara Hospital

तनहुँमा कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गरेको नेता जोशीले बताए । 

एमालेसँग मिलेर तनहुँका सबै पालिकामा साझा उम्मेदवार बनाउने सहमति भएको उनको भनाइ छ ।

तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहले चार–चार जना गरी आठ सदस्यीय चुनाव परिचालन समिति समेत गठन गरेको छ । 

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो ।