बिर्तामोड / एनआईसी एशिया बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले सेटिङमा आफ्ना बुबालाई सरकारी पदक दिलाएको खुलासा भएको छ । 

सिइओ न्यौपानेले गृहमन्त्रालय र राजनीतिक दलहरूलाई सिफारिस गरेर बुबा उत्तम कुमार न्यौपानेलाई जनसेवाश्री पदक दिलाएको खुलासा भएको हो । 

OM Sai Pathibhara Hospital

न्यौपानेका बुबा उत्तम कुमारले गत बैशाख १ राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरेका छन् । न्यौपाने आफैले आफ्नै बुबालाई पदक दिलाउन गृहमन्त्रालय र केही राजनीतिक दलहरूलाई सिफारिस गरेको श्रोतले जनाएको छ । 

सीईओ न्यौपाने सञ्चारमाध्यममा कुरा गर्दा जनसेवाश्री पदकका लागि एक जनाको नाम सिफारिस गरेको बताएका थिए । तर उनले आफ्नो बुबाको नाम नभई एक जना डाक्टरको नाम सिफारिस गरेको बताएका थिए । 

एनआईशी एशियाकै सहायक सूचना अधिकारी अर्जुन राज खानियाँले सीईओ न्यौपानेको भनाइलाई खण्डन गर्दै कुनै डाक्टरलाई सिफारिस नगरी न्यौपानेले आफ्नै बुबालाई सिफारिस गरेको बताएका छन् । 

गत सातामात्रै सिइओ न्यौपानेले म्यानेजर अफ दी इयर नामक अवार्डबाट सम्मानित भएका थिए । नेपाल व्यवस्थापन संघ (म्यान)ले गरेको उक्त सम्मन उनले पैसा दिएर खरिद गरेको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार न्यौपानेले उक्त अवार्ड आफूलाई दिन भन्दै ५० लाख रुपैयाँ खर्चिएका थिए ।