झापा / स्थानीय तहको निर्वाचनमा सङ्खुवासभामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने भएको छ ।  

माओवादी केन्द्र मिलेर जान अनिच्छुक देखिएपछि कांग्रेसले सङ्खुवासभामा तालमेल नगर्ने निर्णय गरेको हो। 

OM Sai Pathibhara Hospital

खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि माओवादी केन्द्रसँग भागबन्डामा कुरा नमिलेपछि गठबन्धन तोड्नु परेको कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले जानकारी दिए । 

सभापति खड्काले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका माओवादी केन्द्रबाहेकका अन्य दलहरूसँग छलफल जारी रहेको बताए। 

खड्काका अनुसार माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको छ । 

काङ्ग्रेस भित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । 

सङ्खुवासभामा १० स्थानीय तह छन् । त्यसमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो ।