बिर्तामाेड / सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

गत चैत्र ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

त्यस्तै बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ । 

राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने र सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्ति गर्ने समेत बैठकले निर्णय गरको छ । 

बैठकले मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन लगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न दिने र फुलकोर्ट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सुन्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा दिने निर्णय गरेको छ ।