मोरङ / चैत महिनामा सबैभन्दा बढी घरजग्गा किनबेच गर्ने मालपोत कार्यालयमा सुनसरीको इनरुवा र मोरङको बेलबारी अग्रस्थानमा रहेका छन् ।

इनरुवा मालपोतबाट चैत महिनामा ३५ सय २३ घरजग्गा किनबेच हुँदा दोस्रो नम्बरमा रहेको बेलबारीमा २८ सय ३४ घरजग्गा किनबेच भएको भूमि विभागले जनाएको छ ।   

OM Sai Pathibhara Hospital

यस्तै झापाको भद्रपुर मालपोत कार्यालय तेस्रो स्थानमा छ । भद्रपुर मालपोतबाट चैत महिनामा २७ सय ६८ वटा घरजग्गा किनबेच भएका छन् । 

देशभरी चैत महिनामा ७० हजार ८३० घरजग्गा किनबेच भएका छन् । फागुन महिनाको तुलनामा करिव ३ हजार घरजग्गा कम कारोबार भएपनि बढ्दो तरलता सङ्कटकै बिच अघिल्ला महिनाको तुलनामा चैतको कारोबार उत्साहजनक हो । 

फागुनमा देशभरी ७४ हजार ३६ घरजग्गा किनबेच भएका थिए । 

देशभरीका मालपोत कार्यालयले चैतमा सेवा शुल्क, रजिष्ट्रेशन, पूँजीगत लाभकर लगायत शीर्षकमा ५ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन गरेका विभागले जनाएको छ ।  

विभागको तथ्याङ्क अनुसार रजिष्ट्रेशन शुल्क वापत ३ खर्ब ४८ करोड ८७ लाख, पुँजीगत लाभकर वापत १ अर्ब ३० करोड, सेवाशुल्क वापत २३ करोड ६६ लाख रुपैयाँ संकलन भएको छ ।