एजेन्सी  / १२ हजार टन तौल भएको  ९ जना रुसी सैनिक सवार पानीजहाज समुद्रमा डुबेको छ । रुस र युक्रेनको युद्धका क्रममा विस्फोटबाट क्षतिग्रस्त बनेको एउटा रुसी पानीजहाज समुद्रमा डुबेको हो । 

ब्ल्याक सीमामा क्षतिग्रस्त भएको उक्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीमा उल्लेख छ । युक्रेनले ‘मस्क्भा’ नामक लडाकु पानीजहाज माथि आफूले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।  उक्त जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा निर्माण गरिएको थियो । रुसले आक्रमणबारे केही नखुलाए पनि रुसी रक्षा मन्त्रालयले भने आगलागी र विस्फोटका कारण जहाजमा क्षति पुगेको दाबी गरेको छ ।

OM Sai Pathibhara Hospital