बिर्तामोड / नेकपा एमाले झापाका पुराना नेता डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेका छन् । मेची नगर नगरपालिकाको मेयरको उम्मेदवार सिफारिसमा नपरेपछि उनले पार्टी  परित्याग गरेका हुन् ।

मेचीनगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरूले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

घिमिरे एमाले क्षेत्र नम्बर ३ समन्वय समितिका संयोजक समेत रहेका थिए । ३१ वर्षअघि पार्टी सदस्य लिएर निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गर्दा पनि पार्टीले विश्वास नगरेको घिमिरेले बताएका छन् । 

पत्रकार सम्मेलनमा भावुक भएका उनले भने, –  ‘मलाई पार्टीका नेताहरूले रुवाउँदै रुवाउँदै निष्कासन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’