बिर्तामोड / नेकपा माओवादी केन्द्रका नेता नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । दाहाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछि दाहालले सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यता अनुसारको अवसर धेरैपटक गुमाउनुपरेको बताएका छन् ।