काठमाडौं / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले समयमा सरकार र सरोकारवाला चनाखो नबने नेपालको अर्थतन्त्र खराब स्थितिमा पुग्न सक्ने बताएका छन् । गोल्छाले अल्पकालीन नीतिमा अल्मलिएका कारण दीर्घकालीन संकट आइपरेकाले श्रीलंका जस्तो हुन सक्ने सम्भावना नभएपनि स्थिति खराब हुन सक्छ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

अध्यक्ष गोल्छाले ऊर्जामा निर्यातको योजना बाँडिरहेको अवस्थामा उद्योगमा विद्युत कटौती गरिएको विषयमा गुनासो पोख्दै विद्युत खरिद सम्झौता खोल्नका लागि आग्रह गरेका छन् । 

OM Sai Pathibhara Hospital

जलविद्युतमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको र साना उद्यमी, पर्यटन एवं मनोरञ्जन क्षेत्रलाई अझै सहयोगको आवश्यकता रहेको भन्दै लामो समयदेखि रोकिएको विद्युत खरिद सम्झौता खोल्नु पर्ने समेत उनले बताएका छन् । 

नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा स्तरोन्नति हुने भएको भएपनि यसले अन्तर्राष्ट्रिय व्यापार विशेष गरी युरोप, अमेरिका र क्यानडा जस्ता मुलुकमा हुने निर्यात प्रभावित हुने उनले बताएका छन् ।