काठमाडौं / सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बस्दै छ । बैठकमा स्थानीय निर्वाचन विषयमा छलफल हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल हुने र  चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्ने उनले प्रवक्ता कार्कीले बताए । 

OM Sai Pathibhara Hospital

गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त रुपमा अपिल जारी गर्दै नेता-कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।