काठमाडौं / सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बस्दै छ । बैठकमा स्थानीय निर्वाचन विषयमा छलफल हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त रुपमा अपिल जारी गर्दै नेता-कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।






































