काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले अपारदर्शितालाई महत्त्व दिएका कारण अर्थतन्त्रमा संकट निम्तिएको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घको ५६ औँ वार्षिक साधारण सभामा बोल्दै गोल्छाले सो कुरा बताएका हुन् । अर्थतन्त्र संकट उन्मुख देखिए पनि श्रीलंका नै हुने अवस्थामा नरहेको उनको भनाइ छ । 

OM Sai Pathibhara Hospital

गाल्छाले भने, –‘श्रीलंका जस्तो हुँदैन  । तर, अहिलेदेखि नै चनाखो भएनौँ भने केही वर्षपछि हामी खराब अवस्थामा पुग्नेछौँ ।

गोल्छाले कोभिड पछि खस्किएको अर्थतन्त्र मजबुत हुन नसकेको अवस्थामा पुनरुत्थानको कार्यक्रमलाई अझै अघि बढाउनुपर्ने बताएका छन् ।