काठमाडौं / गोल्छा अर्गनाइजेसनले सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा हिप्को इन्फ्राको स्थापना गरेको छ । गोल्छाले प्रि-इन्जिनियर स्टिल बिल्डिङ्स (पीइबी) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्राको स्थापना गरेको हो । 

आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्दै दैवी विपत्तिबाट हुने भौतिक क्षतिलाई न्यून गराउन हुलास स्टीलले विभिन्न बस्तुको उत्पादन गर्दै आएको दाबी गरेको छ । 

OM Sai Pathibhara Hospital

सो संस्थाले पीइबी अवधारणा अन्तर्गत रहेर आधुनिक, वैज्ञानिक एवम् सुरक्षित रुपमा ग्राहकहरूलाई सेवा दिँदै आएको समेत जनाएको छ । हिप्को इन्फ्राले नवीनतम प्रविधि र सफ्टवेयरमार्फत नियमित रुपमा मध्यमदेखि ठूला निर्माण गर्दै आएको छ। 

संस्थाले व्यवसायिक भवन, रेसिडेन्टल , वेयरहाउस , पोल्ट्री, सोरुम, स्टोर तथा अन्य थुप्रै संरचनाहरूको समेत निर्माण गर्दै आएको छ ।