विराटनगर / नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीले इटहरी उपमहानगरपालिकाको मेयरमा ६ जना र उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको छ ।
उपमेयरको उम्मेदवार छनोटका लागि अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरेको छ ।






































