विराटनगर / नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीले इटहरी उपमहानगरपालिकाको मेयरमा ६ जना र उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको छ । 

नगर कमिटीले मेयर द्वारिकालाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो । 
 बैठकले नगरप्रमुख चौधरी, उप्रपमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाईँ, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ ।

OM Sai Pathibhara Hospital

उपमेयरको उम्मेदवार छनोटका लागि अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरेको छ ।