काठमाडौं / बैंकहरूले प्रत्येक महिना ब्याजदर बढाउने गरेको भएपनि बैशाखमा ब्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघको आइतबार भएको बैठकले चैत्रमा तोकेको ब्याजदर निरन्तर राख्ने भन्दै ब्याजदर नबढाउने भएको हो । 

बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिनेगरी नै ३० चैत्रमा सूचना प्रकाशित गर्ने भएका छन् । यो फागुनको अन्तिममा तोकिएको ब्याजदर हो । बैंकहरूले केही महिनायता निरन्तर ब्याजदर बढाएका कारण ऋण लिनेहरू समस्यामा पर्ने गरेका छन् ।