काठमाडौं / सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । 

सोमबार छापावाल सुन तोलाको १ लाख १ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने आइतबार सुन तोलाको १ लाख ३सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको थियो । 

OM Sai Pathibhara Hospital

त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ तोकिएको छ । आइतबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने स्थिर रहेको महासङ्घले जनाएको छ ।