टहरी / एमालेले सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीमा मेयर र उपमेयरको उम्मेदवारको नाम सिफारिस गरेको छ । 

OM Sai Pathibhara Hospital

एमालेको सम्बन्धित उपमहानगर कमिटीको बैठकले धरानको मेयरका लागि ११ जना र इटहरीका लागि ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । 

धरानको मेयरका लागि पूर्वमेयर मनोजकुमार मेन्याङ्बो र हालकी उपमेयर मञ्जु भण्डारी, मोतीराज सुनुवार, विजयकुमार राई, तीर्थ मास्के, मिनकुमार सुब्बा, नारायणप्रसाद सुवेदी, राजमणि निरौला, दोर्पध्वज राई, प्रकाश राई र किशोरकुमार कार्कीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै उपमेयरको उम्मेदवारमा इन्द्रकला राई, सविता चाम्लिङ, लहरुमाया जिमी, पदमप्रसाद लिम्बु, लीला राई, सुशीला पहाडी छन् ।

इटहरी उपमहानगरपालिकामा मेयरको उम्मेदवारमा सिफारिस गरिएकामा मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, यामकुमार सुब्बा, रामप्रसाद चौलागाईँ, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरे छन् ।

उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेलको नाम सिफारिस गरिएको छ ।