बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचन पार्टीले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ ।  

(शनिबार र आज (आइतबार) बसेको पार्टी केन्द्रीय सचिवालयको बीसौं बैठकले स्थानीय निर्वाचन घोषणा पत्रको मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको हो ।

OM Sai Pathibhara Hospital

बैठकमा ११ सय ११ जनाको निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको महासचिव बेदुराम भुसालले जानकारी दिए । 

भुसालका अनुसार अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तिनैवटा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारीहरू लगायतसमेत रहेको मुल निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । 

यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा. गङ्गालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरिएको छ ।