काठमाडौं / नेकपा एकीकृत समाजवादीले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरू रहने जनाइएको छ ।

OM Sai Pathibhara Hospital

 महासचिव बेदुराम भुसालको संयोजकत्वमा सचिवालयमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।