काठमाडौँ / केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले आगामी मंगलबार छोटो समयका लागि मुद्रा बजारको उपकरणको रुपमा रहेको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो ।
बैंकले बिल खरिदका लागि सार्वजनिक गरेको सूचना अन्तर्गत चैत २८ गते सबै प्रकारका बिलहरूको बाँडफाँड हुने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ ,१८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।




































