बिर्तामोड / साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।