बिर्तामोड / सरकारले झापाको दमक नगरपालिका –७ मा अस्पताल निर्माण गर्न दिएको डेढ करोड रकम नेपाल रेडक्रस सोसाइटी दमक शाखाले दुरुपयोग गरेको पाइएको छ । 

नेपाल रेडक्रस सोसाइटी दमक शाखाको एक टोलीले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै मुटु रोगसम्बन्धी अस्पताल सञ्चालन गर्न दिएको ढेड करोड रकम दमक रेडक्रसले दुरुपयोग गरेको बताएको हो । 

OM Sai Pathibhara Hospital

मुटु अस्पताल सञ्चालन गर्न भन्दै प्रदेश सरकारले दिएको १४ लाख रुपैयाँ र सांसद विकास कोषले दिएको ९० लाख साथै कोषमा रहेको अन्य रकम समेत खर्चेर बनाइएको अस्पतालको संरचना रेडक्रसले भत्काएको रेडक्रस सोसाइटी दमक शाखाका संस्थापक अध्यक्ष मानबहादुर बुढाथोकीले जानकारी दिए । 

रेडक्रसले संरचना भत्काएर बाल अस्पतालका लागि ३० वर्ष भवन निशुल्क दिँदा रक्तसञ्चार सेवा र सर्पदंश उपचार सेवा नै समस्यामा परेको बुढाथोकीले बताए । 

रेडक्रस सोसाइटी दमक शाखाका सभापति प्रकाश बुढाथोकीले भने मापदण्ड नपुगेकाले केही संरचना भत्काएको बताएका छन् ।