इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको छ । 

नियम विपरित मिलेमतोमा कर्मचारी नियुक्त गरेको भन्दै मेयर द्वारिकालाल चौधरी र प्रशासकीय अधिकृत राम चरित्र मेहताबिरुद्ध उजुरी परेको हो । 

OM Sai Pathibhara Hospital

उपमहानगरपालिका –५ का पत्रकार समेत रहेका तारा पोखरेलले चैत २० गते मेयर चौधरी र प्रशासकीय अधिकृत मेहताबिरुद्ध आयोगको इटहरी स्थित कार्यलयमा उजुरी दर्ता गराएका हुन् । 

पोखरेलले दर्ता गरेको उजुरीमा नगरसभाबाट पारित गरेको निर्णय विपरित गत माघ महिनामा ठुलो सङ्ख्यामा दैनिक ज्यालादारी भन्दै अनावश्यक कर्मचारी भर्ती गरेको र शैक्षिक बेरोजगारलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गरेको उल्लेख छ । 

इटहरी उपमहानगरले कम्प्युटर अपरेटरको परीक्षामा अयोग्य ठहर भएका कर्मचारीलाई नराख्ने भनेर २०७७ भदौ १४ गतेको बैठकबाट निर्णय गरेको भएता पनि आफैँले गरेको निर्णय आफैँले उल्टाउँदै म्याद थप्दै राखिराखेको छ ।