धादिङ / धादिङको खनियावास गाउँपालिकामा नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । 

मंगलबार गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 

OM Sai Pathibhara Hospital

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । कुटपिटमा परी अध्यक्ष तामाङको अनुहारमा चोट लागेको भएपनि उनको अवस्था सामान्य रहेको छ ।