बिर्तामोड / आसन्न स्थानीय निर्वाचनमा राजनीतिक दल निर्वाचन आचारसंहिता पालना गर्न तयार भएका छन् । निर्वाचन आयोगले मंगलबार (आज) बोलाएको सर्वदलीय बैठकमा दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । 

बैठकमा दलका प्रतिनिधिहरूले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । आयोगले आचारसंहिता बारे छलफल गर्न र दलहरूको प्रतिबद्धता लिन ७९ वटा दललाई बोलाएको थियो। 

OM Sai Pathibhara Hospital

निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता–२०७८ जारी गरेको थियो। आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहरूको प्रतिबद्धता लिइएको हो । आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ ।