ताप्लेजुङ / ताप्लेजुङमा जनता समाजवादी पार्टी(जसपा)ले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका फक्ताङलुङ, मिक्वाखोला, पाथीभरा याङवरक र सिदिङवा गाउँपालिकामा आफ्नो उम्मेद्वार सार्वजनिक गरेको हो ।

जसपाले फुङलिङ नगरपालिकाको मेयरमा प्रदीप मादेन र उपमेयरमा प्रज्ञा इजम र यस्तै फक्ताङलुङको अध्यक्षमा श्री लिङ्खिम, मिक्वाखोलामा डिल्लीहाङ साँवा, पाथीभरा याङवरकमा सरन तामाङ र सिदिङवाको अध्यक्षमा अमृत लिङदेनलाई उम्मेदवार बनाइएको पार्टी अध्यक्ष कीर्तिमान मादेनले बताएका छन् । अध्यक्ष मादेनका अनुसार गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार चयन गर्ने क्रममा रहेको अध्यक्ष मादेनले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.