ताप्लेजुङ / ताप्लेजुङमा जनता समाजवादी पार्टी(जसपा)ले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका फक्ताङलुङ, मिक्वाखोला, पाथीभरा याङवरकसिदिङवा गाउँपालिकामा आफ्नो उम्मेद्वार सार्वजनिक गरेको हो । 

जसपाले फुङलिङ नगरपालिकाको मेयरमा प्रदीप मादेन र उपमेयरमा प्रज्ञा इजम र यस्तै फक्ताङलुङको अध्यक्षमा श्री लिङ्खिम, मिक्वाखोलामा डिल्लीहाङ साँवा, पाथीभरा याङवरकमा सरन तामाङ र सिदिङवाको अध्यक्षमा अमृत लिङदेनलाई उम्मेदवार बनाइएको पार्टी अध्यक्ष कीर्तिमान मादेनले बताएका छन् । अध्यक्ष मादेनका अनुसार गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार चयन गर्ने क्रममा रहेको अध्यक्ष मादेनले बताए ।

OM Sai Pathibhara Hospital

फुङलिङ नगरपालिकाका २ वडाबाहेकका सबै वडामा पनि जसपाले उम्मेदवारको टुंगो लगाएको छ । वडा नम्बर १ मा सुकवहादुर मादेन, २ मा दुर्गाप्रसाद न्यौपाने, ३ मा इन्द्रकुमारी हेल्लोक पालुङवा, ४ मा लोकेन्द्र तुम्वाहाम्फे, ५ मा अशोक विश्वकर्मा, ६ मा भरत कुमार गुरुङ, ७ मा कर्ण पालुङवा ९ मा दिपेश मादेन र १० मा श्रीहाङ तवेवुङको नाम सार्वजनिक भएको छ ।
फक्ताङलुङ २ मा सुरेश अङछङवो, ४ मा डम्बर लाबुङ, ५ मा मकरध्वज लिम्बू, ६ मा केदारजंग ताम्मादेन वडाध्यक्षको उम्मेदवार बनाइएको छ ।
मिक्वाखोला-२ मा डिल्ली हाङ साँवा, ४ मा गोपाल साँवा र पाथीभरा याङवरक ३ मा सरोज कङलिवा लिम्बू उम्मेद्वार रहेका छन् ।