काठमाडौँ / सत्तारूढ गठबन्धन बैठकले स्थानीय चुनावका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावी तयारी तथा अनुगमन समिति गठन गरको छ । मंगलबार बिहान बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले सो निर्माण गरको हो ।  बैठकमा सहभागी रहेका पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको छ  । 

समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की , माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ , एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल , जसपाबाट अशोक राई र रेणु यादव , राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य भएका छन् । 

OM Sai Pathibhara Hospital

बैठकमा प्रधानमन्त्री नेपाली कांग्रेसका सभापतिसमेत रहेका  शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरु सहभागीता थियो ।