इलाम  / इलाममा गाउँपालिका उपाध्यक्षले नागरिकलाई  मुक्का प्रहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय  फाकफोकथुम-१ का कृष्णबहादुर खड्कालाई मुक्का प्रहार गरेको आरोपमा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको घरमा  मुक्का प्रहार गरेको आरोप छ ।

OM Sai Pathibhara Hospital

राईले आफूविरुद्ध जाहेरी परेपछि  आफैं प्रहरीमा आत्मसमर्पण गरेकी जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ । आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताएकी  छन् ।