काठमाडौं / निर्वाचन आयोगले वैशाखमा हुन लागेको स्थानीय सरकारको निर्वाचनको लागि मतपत्र छपाइ सुरू गरेको छ । आयोगले ०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले निर्वाचनका लागि छपाई सुरु गरेको हो ।
एक करोड ९४ लाख थान मतपत्र छाप्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको रहने छ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुने आयोगले जनाएको छ ।
राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन् । आयोगले साना दललाई पनि पहिलै बाट प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने बताएको छ ।






































