काठमाडौं / भूकम्पका कारण क्षति भएर पुननिर्माण भएको काष्ठमण्डपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । २०७२ सालमा आएको विनाशकारी भूकम्पले भत्काएपछि पुननिर्माण भएको काष्ठमण्डपको उद्घाटन सोमबार (आज) राष्ट्रपति भण्डारीले गरेकी हुन् ।
काष्ठमण्डप पुनर्निर्माण गर्न करिब ८ हजार क्यू फिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्यु फिट काठ प्रयोग भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताएका छन् ।
विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै साढे ६ वर्षपछि सर्वसाधारणका लागि पनि काष्ठमण्डप खुल्ला गरिएको समितिले जनाएको छ ।






































