बिर्तामोड / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोल्डम्यान इन्भेष्टमेन्टमाथि छानबिन गरेको छ । 

गोल्डम्यान इन्भेष्टमेन्टले ठगी गरेको भन्दै नेपाल धितोपत्र बोर्डले सिआइबीलाई पत्राचार गरेपछि सिआइबीले छानबिन थालेको हो । 

OM Sai Pathibhara Hospital

धितोपत्र बोर्डले गोल्डम्यानले ठगि गरेको भन्दै छानबिनको माग गर्दै केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । बोर्डको पत्राचार पछि ब्युरोले छानबिन सुरु गरेको सिआइबीका निर्देशक प्रहरी अतिरिक्त महानिर्देशक धीरजप्रताप सिंहले जानकारी दिए । 

जनता समाजवादीका अध्यक्ष दीपेन्द्र अग्रवाल अध्यक्ष रहेको उक्त गोल्डम्यानको गत पुषमा मात्रै उद्घाटन भएको थियो । 

गोल्डम्यानले धितोपत्र बोर्ड र कम्पनी ऐनमा संलग्न नभइ करोडौँ संस्थागत सेयर संकलनको योजना बनाएको धितोपत्र बोर्डको आरोप छ । 

पाँच वर्षको अवधिमा ५० कम्पनी बनाउने उद्देश्य राखेको गोल्डम्यानमा हाल ४० जना लगानीकर्ता पुगिसकेको बताइएको छ ।