बिर्तामोड /  साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

शुक्रबार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार ४ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।