झापा // पत्रकार मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रेस चौतारी नेपाल परित्याग गरेका पौडेललाई कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्माले शनिबार पार्टी प्रवेश गराएका हुन् ।

OM Sai Pathibhara Hospital

दुई दशकदेखि पत्रकारितामा सक्रिय पौडेलले  प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य र चौतारी झापाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यक्रममा नेता सिटौला र  महामन्त्री शर्माले खादा ओढाएर पौडेललाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

पौडेलले केही समयअघि नै चौतारीबाट अलग रहने घोषणा गरेका थिए ।