काठमाडौँ /  चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन सम्ममा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेका हो । 

OM Sai Pathibhara Hospital

निकासी तथा प्रर्वद्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा ३९ करोड एक लाखको कागज निर्यात भएको थियो भने पछिल्लो आठ महिनामा नेपालबाट एक अर्ब छ करोड ६६ लाख ६५ हजारको कागज तथा कागज जन्य बस्तुको निर्यात भएको छ । 

सबैभन्दा बढी कागज भारतमा निर्यात भएको छ । पछिल्लो आठ महिनामा भारतमा ५५ करोड सात लाख रुपैयाँको कागज निर्यात भएको छ । 

त्यस्तै अमेरिकामा १६ करोड ३० लाखको, बेलायतमा ११ करोड ७९ लाख, जर्मनीमा चार करोड ७५ लाख, फ्रान्समा तीन करोड ६१ लाख, थाइल्यान्डमा दुई करोड ६७ लाख, सिङ्गापुरमा दुई करोड ६२ लाख, जापानमा दुई करोड १५ लाख, अष्ट्रेलियामा एक करोड ३६ लाख र क्यानडामा एक करोडको कागज निर्यात भएको निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ  ।