झापा / लामो समयदेखि चिसिएको नेपाल– भारतको सम्बन्ध देउवाको भ्रमणले सुध्रिने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेकाे छ । 

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकालमा चिसिएको दुई देशबीचको सम्बन्ध देउवाको भारत भ्रमणले सुध्रिने भारतीय छापा माध्यम नवभारत टाइम्सले उल्लेख गरेको हो । 

OM Sai Pathibhara Hospital

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गए लगतै नवभारत टाइम्सले पहिलो पृष्ठमै भारत र नेपालबीचको सम्बन्धमा सुधार आउने समाचार बनाएको हो । 

हिन्दुस्तान टाइम्स हिन्दी र दैनिक जागरणले पनि देउवाको भारत भ्रमणलाई उच्च स्थान दिएका छन् । 

हिन्दुस्तान टाइम्सले देउवा र नड्डाबीचको भेटमा गठबन्धन सरकारको अनुभवबारे चर्चा भएको समाचार प्रकाशित गरेको छ भने दैनिक जागरणले देउवा भ्रमणका क्रममा नेपालका लागि अतिरिक्त सहयोगको घोषणा हुने कुरालाई प्राथमिकता दिएको छ ।