बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष वेदराज रेग्मीले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका नेतालाई उम्मेद्वार बनाउने घोषणा गरेका छन् । 

रेग्मीले समाजवादीले झापाको बिर्तामोडस्थित पार्टी कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

रेग्मीले भने, –‘ आसन्न स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीले २०७४ सालको निर्वाचनमा एमालेबाट टिकट नपाएकालाई उम्मेद्वार बनाउँछौँ ।’ 

गत चैत १४ गते झापा जिल्ला कमिटीको चौथो पूर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रम गरेको समाजवादीका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए । 

सिग्देलका अनुसार बैठकले कमिटीको बाँकी रहेका पदाधिकारीहरू, कार्यालय कमिटी, सचिवालय चयन गर्नुका साथै १५ वटै पालिका इन्चार्ज समेत तोकेको छ । 

त्यस्तै भातृ संगठन, मोर्चाका इन्चार्ज, संघीय इकाई र प्रदेश इकाईका संयोजक र सचिव तोकेको र आसन्न निर्वाचनको तयारी गर्न ११ सय जनाको जिल्ला प्रचार प्रसार कमिटी गठन गरेको छ । 

समिति गठन भए लगतै समितिले केन्द्रीय स्तरमा हाल कायम रहेको गठबन्धनलाई जिल्ला, पालिका र वडास्तरसम्म कायम राखेर लैजाने बिषयमा छलफल भइरहेको सिग्देलले बताए ।

सिग्देलले स्थानीय तहको निर्वाचनमा झापाका सबै वडा र पालिकामा समाजवादीको उपस्थिति रहने समेत बताएका छन् ।