बिर्तामोड / नेपाली काँग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा गएपछि उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । नेपाली काँग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम उपसभापति खड्कालाई उक्त जिम्मेवारी तोकिएको पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।