बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् । 

शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टले देउवाको स्वागत गरेका हुन् । प्रधान मन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

प्रधान मन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै उनी सत्तारूढ दल भारतीय जनता पार्टीको मुख्यालयमा समेत जाने तालिका छ । यसपछि उनी आइतबार बनारस हुँदै स्वदेश फर्किने छन् ।