बिर्तामोड / खाना पकाउने एलपी ग्यासको बजारमा हाहाकार भईरहेका बेला पेट्रोलियम पदार्थ डिजेल , पेट्रोल र मट्टितेलको पनि अभाव सुरु भएको छ । सरकारसँग ढुवानी भाडा र कमिसन वृद्धिको माग राखी आन्दोलन गरिरहेका उद्योगी तथा व्यवसायीले आज शुक्रबारबाट इन्धन लोड–अनलोड बन्द गरेपछि बजारमा अभाव देखिन थालेको हो ।

यसअघि नै गत फाल्गुण अन्तिम साताबाट ग्यास उद्योगी र व्यवसायी आन्दोलनमा उत्रिएपछि बजारमा खाना पकाउने ग्यासको अभाव सुरु भएको थियो । ग्यास आयात र उद्योगले बिक्री बन्द गरेपछि अभाव झेलिरहेका उपभोक्ताले व्यवसायीको आन्दोलनका कारण अब डिजेल र पेट्रोल लगायतका पेट्रोलियम पदार्थको पनि अभाव झेल्नुपर्ने भएको छ ।

सरकार पेट्रोलियम ढुवानी व्यवसायीको माग पूरा गर्न उदासिन बनेकाले शुक्रबारबाट लोड अनलोड नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको बताएका छन् । महासङ्घका महासचिव विश्व अर्यालले निगमले माग सम्बोधन नगरेपछि इन्धनको ढुवानी रोकिएको  जानकारी गराएका छन् ।

शुक्रबारबाट फेरि पेट्रोलियम पर्दाथको ढुवानी र बिक्री बन्द गर्न सुरु गरिएको छ भने आगामी चैत २० गतेबाट पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गर्ने महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

.