बिर्तामोड / झापाको बिर्तामोडमा ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रालिले युवा लक्षित उद्यमशील तालिम ‘उर्जा–द ट्रेनिङ फर इन्टरप्रेनरशिप’ सञ्चालन गर्ने भएको छ ।

तालिम आयोजक संस्था ड्रिम्स वल्र्डले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी युवा पुस्तालाई उद्यमशीलता तर्फ आकर्षित गर्न तीन दिने तालिम आयोजना गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रनित पुडासैनीले युवा पुस्ता उद्यमशीलता तर्फ आकर्षित देखिन थालेकाले तालिम आयोजना गरिएको बताएका छन् ।

व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेसनल स्पीकर रोहित मल्ल, सामाजिक उद्यमी प्रकृति मैनालीले सहजीकरण गर्ने तालिममा काठमाण्डौ महानगपालिकाका मेयरका उमेद्धार एवं चर्चित र्यापर बालेन शाहसँग सहभागिलाई साक्षात्कार गराईने पुडासैनिले जानकारी गराएका छन् ।
photo 5

झापा सहित आसपासका ५ सय युवा–युवती सहभागि हुने अनुमान गरिएको तालिममा चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुती समेत रहने पुडासैनीले बताएका छन् ।

विद्यालयको सिफारिसमा एउटा विद्यालयबाट १० जना विद्यार्थीसम्मलाई प्रवेश शुल्क बापत पाँच सय रुपैयाँ र अन्यको हकमा एक हजार रुपैयाँ खाजा खर्च बापत सहभागीसँगै शुल्क लिइने पुडासैनीले जानकारी गराएका छन् ।

anita

युवा पुस्ताको बढ्दो विदेश पलायन रोक्नका लागि तालिम आयोजना गरिएको अनि तालिममा व्यवसाय , बजार र शेयर कारोबारका विषयमा समेत ज्ञान दिइने आयोजक संस्था ड्रिम्स वल्र्ड ईन्टरटेनमेन्टले जानकारी गराएको छ । चैत्र २० देखि २२ गतेसम्म चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजना हुने बताइएको छ ।
selisha