बिर्तामोड / सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले डीआईजीत्रय बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्।

बैठकले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले यौन हिंसाविरुद्धको अध्यादेश र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ ।