बिर्तामोड / निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्धार बन्नेले १६ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । 

निर्वाचन आयोगको बुधबार बसेको बैठकले निर्वाचनमा उम्मेद्धार बन्ने व्यक्तिले १६ बुँदे स्वघोषणा गर्नु पर्ने व्यवस्था गरेको हो । 

OM Sai Pathibhara Hospital

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा निर्वाचित कतिपय जनप्रतिनिधिहरूले पद र पैसाको लोभमा बीचैमा राजीनामा दिएका कारण यस्तो निर्णय गर्नु परेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । 

आयोगले जारी गरेको १६ बुँदे स्वघोषणामा स्थानीय तहको ठेक्कापट्टामा संलग्न नरहेको, नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको र २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको हुनुपर्ने छ । 

त्यस्तै सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको र सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरको हुनुपर्ने छ । 

निर्वाचन आयोगले व्यवस्था गरेको १६ वटा बुँदा उम्मेदवारमा नभए उ निर्वाचनमा भागलिन पाउने छैन । यदि उम्मेदवारले पेश गरेको स्वघोषणा गतल भए कानुन बमोजिमको सजाय समेत हुने निर्वाचन आयोगले जनाएको छ ।