इटहरी /  इटहरी उपमहानगरपालिका क्षेत्रभित्र भोट बैंक मानिएका सुकुमबासीले भूमि सम्बन्धी समस्या समाधान नगरेको भन्दै आसन्न स्थानीय निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

बुधबार उपमहानगरपालिकाको कार्यालय घेराउ सहित प्रदर्शन गर्दै उनीहरूले स्थानीय सरकार भूमिहीनको माग प्रति उदासिन भएको भन्दै माग पूरा नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

स्थानीय सरकारका जनप्रतिनिधिले निर्वाचनमा भोट लिनका लागि झुटो आश्वासन मात्रै दिने गरेको भन्दै आफूहरूको माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने उनीहरूले नगरपालिका घेराउका क्रममा स्थानीय सरकारलाई चेतावनी दिएका छन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाइमा भएको प्रदर्शनमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र महतोले जग्गा उपलब्ध गराउन मागसहित ज्ञापनपत्र बुझाएको बताएका छन् । अधिकृत महतोले सुकुम्बासीलाई नगरक्षेत्र भित्र कायम भूमिहीनको समस्या समाधानका लागि ढिलाई भएको स्वीकार गर्दै काम अघि बढेको जानकारी गराएका थिए ।

उपमहानगरपालिका घेराउका क्रममा सुकुमबासीले स्थायी जग्गाको व्यवस्था गर्नुपर्ने ,विनाश नियन्त्रण गर्नुपर्ने, हरेक घर रंगीन बनाउनुपर्ने ,२०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, खानेपानीका व्यवस्था हुनुपर्ने र सीमा संशोधन गर्नुपर्ने लगायतका माग राखेका छन् ।