विर्तामोड / आसन्न स्थानीय सरकारको चुनावमा महिला सहभागिता बढाउन पत्रकारको भूमिकाका विषयमा झापाको बिर्तामोडमा दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम आज बुधबारबाट सुरु भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले समय सापेक्ष दुई दिवसीय तालिम सञ्चालन गरेको हो ।

कार्यक्रमको अध्यक्षता नारी सञ्चार गृह झापाकी अध्यक्ष भिमा सिवाकोटीले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा जिल्ला प्रशासन कार्यलय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई निमन्त्रणा गरिएको थियो । कार्यक्रमको औपचारिक सञ्चालन नारी सञ्चार गृह झापाकी कोषाध्यक्ष जोष्ना श्रेष्ठले गरेकी थिइन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै कार्यक्रमको औपचारिक समुद्घाटन प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ब्यानर पढेर गरेका थिए । सो दुई दिवसीय तालिममा बरिष्ठ पत्रकार बबिता बस्नेतलाई प्रमुख प्रशिक्षकको रुपमा बोलाइएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरि , पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई , प्रहरी उपरीक्षक विश्वमणि पोखरेल , नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल , निवर्तमान अध्यक्ष अम्बिका भण्डारी , सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली , प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल , प्रेस सेन्टर झापाका उद्धव पुरी लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य नारी सञ्चार गृहकी उपाध्यक्ष रोजिना गौतमले राखेकी थिइन् भने पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले पनि शुभकामना मन्तव्य राखेका थिए भने औपचारिक कार्यक्रम समापनको घोषणा कार्यक्रमकी अध्यक्ष भिमा शिवाकोटीले गरेकी थिइन् ।