भक्तपुर /  विवादास्पद छविका व्यवसायी एवं एमालेका नेता दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पुरानो पार्टी माओवादी केन्द्र र एमालेको विभाजन पछि बनेको एकीकृत समाजवादीले एक स्थानमा मात्रै विजय पात्र गरे आफ्नो सम्पूर्ण सम्पति दान गर्ने सार्वजनिक घोषणा गरेका छन् ।

आफ्ना अभिव्यक्तिका कारण सँधै विवाद र आलोचनामा तानिने गरेको झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँले भक्तपुरको सूर्य विनायकमा जग्गा लिजमा लिएर १५ वर्षका लागि सुरु गरेको तरकारी बजारको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

तरकारी बजारका लागि आफूले दुई अर्ब लगानी गरेको दावी गरिरहेका उनको सो दावी पनि सत्य भन्दा धेरै टाढा रहेको प्रसाईँ निकटस्थहरूले बताएका छन् ।

प्रसाईँका सहोदर भाइ राकेश प्रसाईँले अर्का एक ड्राइभिङ टे«निङ सेन्टरका सञ्चालक सँग मिलेर ड्राइभिङ सेन्टरका लागि भनेर १५ वर्षका लागि वार्षिक ७२ लाख भाडा तिर्ने गरी लिजमा लिएको १४ रोपनी जग्गामा सुरु भएको तरकारी बजारमा दुई अर्ब लगानी गरेको भनेर उनले गरिरहेको दावी पनि झुटो रहेको उनी निकटस्थहरुले नै बताएका छन् ।

सुनसरीको इटहरी र भक्तपुरको सूर्यविनायकमा जग्गा लिजमा लिएर ड्राइभिङ सेन्टर चलाउने तयारीमा लागेका राकेश र तत्कालीन समयमा अन्य व्यवसायीक साझेदार बिच मनमुटाव भएपछि इटहरीको जग्गा साँझेदारलाई छाडेर भक्तपुरको जग्गा आफैसँग राखी तरकारी बजार बनाएको प्रसाईँ निकटले जानकारी गराएका छन् ।

तत्कालीन समयमा राकेशका व्यवसायीक साझेदार रहेका एक व्यवसायीले करिव २० करोड लगानी गरेर सुरु गरेको व्यवसायलाई दुई अर्बको भनेर प्रचार गर्ने काम गरेको समेत दावी गरेका छन् ।  

दाजुभाइको संयुक्त लगानीमा सुरु भएको बजारको उद्घाटनका क्रममा प्रसाईँले भने – आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते म सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जानेछु । उनी त्यतिमा मात्रै रोकिएनन् उनले भने  ‘चुनौती दिएर भन्छु, माओवादी र नेकपा एसले कुनै निर्वाचन क्षेत्रबाट एक सीट जितेमा उनीहरूले इच्छाएको व्यक्तिको नाममा सम्पत्ति दिएर वृन्दावन जानेछु,’ ।

उनले माओवादी केन्द्र र नेकपा एस नक्कली कम्युनिस्ट भएको भन्दै आफ्नो नयाँ पार्टी एमाले मात्रै कम्युनिष्ट भएको दावी समेत गरे । उनले नेकपाको सरकार ढालेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अनैतिक साँठगाँठमा लागेको उनले आरोप आरोप समेत लगाएका छन् ।