चितवन / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर देशमा नै सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको निर्वाचनमा आफ्नी छोरी रेणु दाहाललाई नै दोहोर्याउने संकेत दिएका छन् ।

चुनावी अभियानका क्रममा चितवन पुगेका उनले स्थानीय पत्रकारसँग कुरा गर्ने क्रममा भरतपुर महानगरपालिकामा आफ्नो दलको दावी रहने भन्दै छोरी रेणुलाई नै आगामी कार्यकालका लागि पनि दोहोर्याउने संकेत दिएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले स्थानीय तहको निर्वाचनमा महानगर अनि उपमहानगरपालिकाको हकमा सत्ता साझेदार दलका बिचमा केन्द्रिय तहबाटै तालमेल हुने र सो विषयमा सत्तारुढ दलबीच छलफल चलिरहेको समेत बताएका छन् ।

पत्रकारसँग कुराकानीको क्रममा प्रचण्डले भने – केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं,’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुने कुरा प्रस्ट भइसकेकाले गठबन्धन र सत्ता साझेदारी समेत जारी रहने बताएका छन् ।