विराटनगर / नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नो गृहनगर विराटनगर पुगेर आगामी निर्वाचनमा मोरङको क्षेत्र नम्बर -२ बाट आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने घोषणा गरेकी छन् ।

आफ्नै परिवार भित्रका दाजु डा. शेखर कोइराला मोरङलाई केन्द्र बनाएर पार्टी भित्र शक्तिशाली बनिरहेको समयमा उनलाई निर्वाचनमा पराजित गराउन भूमिका खेलेकी सुजताले विराटनगर पुगेर निर्वाचनमा उमेदवार बन्ने घोषणा गरेपछि कोइराला परिवार भित्रको कलह सतहमा आएको मानिएको छ ।

OM Sai Pathibhara Hospital

निर्वाचन आउन ६ महिना अगावै उनले गरेको उम्मेद्वारी घोषणा आफ्नै दाइ शेखरलाई जिल्लामा कमजोर बनाउने उद्देश्यले प्रेरित रहेको शेखर समूहका एक नेताले बताएका छन् । उनले पार्टी सभापतिमा आफ्नै दाइ पराजित गर्न भूमिका खेलेकी अनि संगठन भित्र कमजोर रहेकी सुजाताको उम्मेद्वारी घोषणाले मोरङकै -७ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने गरेका शेखरलाई समस्यामा पार्न सक्ने ति नेताले बताएका छन् ।

विराटनगरमा बुधबार गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन् । उनले पत्रकार सम्मेलनमा आफ्ना दाई शेखरलाई सभापतिमा हराउन आफूले भूमिका नखेलेको समेत दावी गरेकी छन् ।

उनले शेखरलाई पराजित गर्न भूमिका नखेलेको दावी गरेपनि महाधिवेशनमा उनी शेखर इतर समूहबाट उमेदवार बन्दै अन्तिम समयमा देउवा समूहमा खुलेकी थिइन

विराटनगर पुगेर उनले आगामी निर्वाचनमा सत्तारुढ दलसँग चुनावी गठबन्धन नहुने भन्दै पार्टी भित्र पछिल्लो समयमा दाइ शेखरले समातेको लाइनको आफू पक्षमा नरहेको उनले आफ्ना अभिव्यक्ति मार्फत पुष्टि समेत गरेकी छन् ।

पार्टी सभापति शेर बहादुर देउवाले चुनावी एकताका पक्षमा राखेको अडानको समर्थन गर्दै उनले मुलुकको स्थिरता , लोकतन्त्रको संरक्षण र कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि गठबन्धन आवश्यक रहेको उनले तर्क समेत गरेकी छन् ।