इटहरी / सुनसरीको रामधुनी नगरपालिका ६ का वडा सचिव नन्द कुमार श्रेष्ठको बुधबार बिहान भएको मोटसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
बिहान करिब १०ः०० बजे आफ्नो निवासबाट वडा कार्यालय जाने क्रममा रामधुनी-६ को आदर्श टोल स्थित भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका उनलाई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।