बिर्तामोड / अनियन्त्रित गतिमा चलेको ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको ज्यान गएको छ । आफ्नै बुबासँग विद्यालय जाने क्रममा स्कुटरमा सवार रहेका दुई बालिकाको घटनास्थलमा नै ज्यान गएको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट घाईते बनेका दुवैलाई ट्रिपरले दुर्घटनापछि ब्याक गरी किचेर मारेको स्थानीयले आरोप लगाएका छन् । दुर्घटनामा परी मृतक बालिकाका बुबा भने गम्भिर घाईते भएका छन् ।

OM Sai Pathibhara Hospital

सुन्दरीजलको वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेष्याको आज बिहान ८ः३० बजे ट्रिपरको ठक्करबाट  ज्यान गएको हो ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको ट्रिपरले ठक्कर दिएपछि सडकमा ढलेका दुवैलाई ट्रिपरले ब्याक गरेर किचेर मारेको उनले बताएका छन् ।

घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको र ट्रिपर अनि चालक नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ ।