बिर्तामोड / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी बाल नरसिंह राणालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी काठमाण्डु लगिएको छ ।
स्वास्थ्य अवस्था असामान्य बनेपछि हेलिकप्टर प्रयोग गरी उनलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाण्डु लगिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
श्वासप्रश्वासमा देखिएको समस्याका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि प्रहरी अस्पताल लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुख रहेका राणाको हालै महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंमा काज सरुवा भएको थियो । तर, उनी काठमाडौंमा हाजिर भएका भने थिएनन् ।