काठमाडौं / चीन सरकारबाट प्राप्त सीमा वारपार रेल मार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  

बैठकले दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा सञ्जीव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्लाही बलराम नगरपालिका–३ निवासी झालाई संस्थाको महाप्रबन्धक पदामा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

प्रवक्ता कार्कीले यही चैत १८ देखि २७ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गरेको बताएका छन् । यससँगै सरकारले विभिन्न १४ वटा निर्णय गरेको छ ।